बुढानिलकण्ठबाट धनबहादुरसहित ९ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा जुवातास खेल्ने समूहलाई पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुरको चौडण्डी नगरपालिका–८ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४५ वर्षीय धनबहादुर मगरसमेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सापाटारस्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपियाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 February 23, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया