यी हुन् बौद्धका नाम चलेका ६ जना चोरहरू, प्रहरीद्वारा प्रमाणसहित पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसूरमा ६ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

बौद्धको वडा एरियामा चोरी तथा लुटपाटका घटनाहरू बढ्दै गई रहेको भन्ने प्रहरी वृत्त बौद्धमा सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको थियो ।

प्रहरी वृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरेको विज्ञप्तिमा उल्लेख छ । फागुन ८ गते साँझ १७ः३० बजेको समयमा ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ घर भई हाल गोकर्णेश्वर नगरपालिका ५ बसेर सुनचाँदी व्यवसाय गर्ने वर्ष ४३ को राजकुमार योङया लिम्बु रहेका छन् ।

धनकुटा घर भई हाल गोकर्ण नगरपालिका वडा नं. ८ छाहारी कल्ब बस्ने वर्ष ३८ को जीवन मगर, मुस्ताङको लोमाथाङ गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं– ६ धारा टोल बस्ने वर्ष ४१ को डिमा वाङदी गुरुङ पनि पक्राउ परेका छन् । गुरुङले चोरीको सामान किन्ने गरेका थिए ।

धादिङको निलकण्ठ नगरपालिका वडा नं. १४ घर भई हाल गोकर्ण नगरपालिका वडा नं. ८ छाहारी क्लव बस्ने वर्ष ४३ को सागर तामाङ, सिन्धुपालचोकको हेलम्बु गाउँपालिका वडा नं. ८ घर भई हाल गोकर्ण नगरपालिका वडा नं. ९ अरुबारी बस्ने वर्ष ५२ को पेम्बा लामा पनि पक्राउ परेका छन् । लामाले चोरीको सामान किन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

मकवानपुरको गडी गाउँपालिका वडा नं. ४ घर भई हाल गोकर्ण नगरपालिका वडा नं. ०८ बस्ने बर्ष ४२ को रेशम रुम्बा पनि पक्राउ परेका छन् ।

उनीहरूको साथबाट प्रहरीले सुन जस्तो देखिने पहिलो धातुको सिक्री थान– १, सुनको जस्तो देखिने पहिलो धातुको चोकर, मंगलसुत्र, चिमटी, पोते भएको थान–२१, सुनको जस्तो देखिने पहिलो धातुको चन्द्रमा थान–१, चाँदीको जस्तो देखिने सेतो धातुको तिब्बेतेन पुजाको भाडा बर्तनहरू बरामद गरेको छ ।

देवा थान–१९, बटका थान–१५, सेरकिम थान–१०, सादा बटका थान–१, कलस थान–०२, कलसमाथि राखने थान–५, सिन्दुर दानी थान–१, चम्चा थान–३, कपालीको पात्र थान–२, पत्र १ पिस, चाँदीको बिर्को १ पिस पनि बरामद भएको छ ।

घौ (मूर्ति बाकस) १ पिस, चुपसिल मालामा राख्ने १ ओटा, बज्र थान–३, स्टेन थान–२, चाँदीको जस्तो देखिने सेतो धातुको हात्तीको पुछर भएको थान–१, तिलहरी पोतेसहितको थन–१, ब्रासलेट थान–६, बाला थान–२८, सिक्का थान–६, चुक्सी थान–१, तामाको धातुमा सुनको जलप लगाएको जस्तो देखिने तिब्बेतेन पूजाको भाडा बर्तनहरू पनि बरामद भएका छन् ।

पानी चढाउने कचौरा थान–३, सिर्किम थान–२, कलस थान–२, पेटी भएको कलस थान–३, चामल चढाउने भाडा थान–१, चामल चढाउने पट्टा थान–०२, कपाली सेट बिना पात्र थान–६, पत्र भएको कपाली थान–३, लोटा थान–१, चामलको बट्टा थान–१, मण्डला रिङ थान–१, झण्डा थान–३, प्लेट थान–१, मुगा जस्तो देखिने पहेलो थान–४, कोठाको ताल्चा फुटाउन, ग्रिल खोल्न प्रयोग गर्ने औजार फलामको रड थान–३ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जना व्यक्तिहरू उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२० को चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन–५ को म्याद थप अनुमति प्राप्त गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2023 February 22, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया