प्रहरीद्वारा रौटहटका शिवशंकरलाई ललितपुरबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २७ वर्षीय शिवशंकरकुमार यादवलाई पक्राउ गरेको छ ।

असो २६ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ०९, सिसवास्थित सार्वजानिक सडकमा ५२ वर्षीय छबिलाल साहलाई शिवशंकरकुमार यादवसमेतका व्यक्तिहरूले कुटपिट गरी घाइते बनाएका थिए ।

नारायणी बयोधा शिक्षण अस्पतालमा उपचारको क्रममा साहको कात्तिक १८ गते मृत्यु भएको थियो ।

वारदात पश्चात फरार रहेका शिवशंकरकुमार यादवलाई फागुन ८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

शिवशंकरकुमार यादवलाई आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा, रौतहट पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2023 February 22, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया