घसायसी विवादमा पार्वतीको हत्या

काठमाडौं । दैलेखमा आफ्नै २७ वर्षीया श्रीमती पार्वती बिसीको हत्या अभियोगमा २८ वर्षीय पति कृष्णबहादुर खड्का पक्राउ परेका छन् ।

सोमबार राति कृष्णले पत्नी पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती हत्या अभियोगमा गुराँस गाउँपालिका–८ माथिल्लोगार्जा बस्ने कृष्णलाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्वतीको घटनास्थलमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 February 14, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया