ललितपुरमा ग्लोबल आईएमई बैंकमाथि आक्रमण, प्रहरीद्वारा केटाहरू पक्राउ

काठमाडौं । ललितपुरमा एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको अभियोगमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका–९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुरको भीमफेदी घर भई हाल ललितपुरको च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ, महोत्तरीको बर्दिबास घर भई हाल ललितपुर महानगरपालिका–२८ सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर र ललितपुरको कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई हाल गोदावरी नगरपालिका ठेचो बस्ने २५ वर्षीय कुशल लामा रहेका छन् ।

ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले एटिएम मेसिन तोडफोड गरी भाग्दै गरेका २ जनालाई महालक्ष्मीस्थान चोकबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

थप अनुसन्धानको क्रममा उनीह┐सहित ४ जनाले सोही महानगरपालिका–१५ ताल्चीखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट चक्कु १ थान, क्यामेरा १ थान, फलामको रड १ थान, खुकुरी १ थान, हम्बर १ थान र एयरफोन १ थान बरामद गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2023 February 12, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया