काठमाडौंको रातोपुलमा हत्या, आरोपी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको रातोपुलमा ध्रुव खड्काको हत्या भएको छ ।

खड्काको शव मंगलबार बिहान रातोपुलमा हत्या भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । खड्का कपन निवासी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले खड्काको हत्यामा संलग्न आरोपी राम थापालाई पक्राउ गरेको छ । पक्राउ परेका थापा लागुऔषधका व्यापारी रहेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ ।

मृतक खड्का सोमबार साँझ एउटा पार्टीमा गएका थिए । पार्टीबाट घर फर्किन लागेका खड्कालाई थापाले लगेको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

थापाले खड्कालाई लुटपाट गर्ने उदेश्यले रातोपुलमा लागेर कुटपिट गरी हत्या गरेको स्रोतको भनाइ छ ।

Published : Wednesday, 2023 February 8, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया