लमजुङकी मधुमाया काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले ३९ वर्षीया मधुमाया थापालाई काठमाडौंमा पक्राउ गरेको छ ।

मंगलबार दिउँसो प्रहरीले थापालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छुभन्दै थापाले नगद ८ लाख ५० हजार रुपियाँ ठगी गरेको अभियोग लागेको छ ।

थापाको स्थायी घर लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीमा पर्छ । हाल उनी काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्दै आएकी छिन् ।

वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाइदिन्छु भन्दै पीडितहरूबाट पटक–पटक गरी ८ लाखभन्दा धेरै नगद ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई सुकेधाराबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

थापालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2023 February 8, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया