अमेरिकाले नेपाललाई दिल खोलेर सहयोग गरेपछि बतासद्वारा खुसी व्यक्त

काठमाडौं । बतास समूहका अध्यक्ष तथा उद्योगी व्यवसायी आनन्दराज बतासले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निरास बनाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बतासले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि केही कुराहरूमा उत्साह थपिएको बताएका छन् ।

उनले भनेका छन्, ‘काठमाडौंमा बर्डफ्लु संक्रमण पुष्टिदेखि पेट्रोलमा प्रतिलिटर ३ रुपियाँ भाउ बढेका समाचारले निराशा पैदा गर्छन् ।’

‘अर्कोतिर रेमिट्यान्स २४ प्रतिशतले बढेकोदेखि शोधनान्तर स्थिति झन्डै १ खर्बले बचतमा र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको खबर उत्साहप्रद छन् ।’

यसैबीच, अध्यक्ष बतासले अमेरिकाले नेपाललाई दिल खालेर सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘यूएसएआइडी प्रमुख सामन्था पावर यतिबेला नेपालमा हुनुहुन्छ । यूएसएआइडीले दिल खोलेर (पाँच वर्षमा ६५९ मिलियन डलर) सहयोग पनि गरेको छ ।’

‘नेपालमा ‘इको टुरिजम’को प्रशस्त सम्भावना रहेको उहाँको भनाइले पनि उहाँप्रति सदभाव र सम्मान अझ बढेको छ’, अध्यक्ष बतासले भनेका छन् ।

Published : Wednesday, 2023 February 8, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया