एसपी ज्ञवालीको भव्य बिदाइ, बाग्लुङको मायालाई सधैं सम्झिरहने

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीको बिदाइ गरिएको छ ।

सोमबार बाग्लुङमा आयोजित विशेष समारोहमा पालिकासहित विभिन्न संघ, संस्थाहरूले प्रहरी उपरीक्षक ज्ञवालीलाई बिदाइ गरेका हुन् ।

बाग्लुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका, बागलुङ उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी गुठी, कालिका भगवती गुठी व्यवस्थापन समिति, सामुदायिक प्रहरी रामरेखा, पत्रकार महासंघ बागलुङ, बागलुङ जिल्लामा क्रियाशीला सात यातयात व्यवसायी, आदर्श सञ्चार सहकारी संस्था लगायतले एसपी ज्ञवालीलाई मायाको चिनो, प्रशंसा पत्रसहित बिदाइ गरेका छन् ।

बिदाइ कार्यक्रममा बाग्लुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा, जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नवीन शिशिर बिक, उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल र सामिदायिक सेवा प्रहरी गुठीका अध्यक्ष लीला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एसपी ज्ञवालीले बाग्लुङका स्थानीयको सहयोगमा शान्ति शुरक्षा र अपराध नियन्त्रणमा सफल भएको बताएका छन् । उनले आफूलाई शान्ति सुरक्षा बनाउन सहयोग गर्न जिल्लाबासी सबैलाई धन्यावाद दिएका छन् ।

एसपी ज्ञवालीले मातहत प्रहरी कर्मचारी र युनिटीहरूलाई पनि विशेष धन्यावाद दिएका छन् । उनले बाग्लुङ जिल्लाको मायालाई सदैव सम्झने बताएका छन् ।

एसपी ज्ञवालीले बाग्लुङमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलताका साथ सम्पन्न गरेका छन् । बिगतका निर्वाचनमा बाग्लुङमा विभिन्न घटना हुने गरेका थिए । यस पटक त्यस्ता अप्रिय घटना हुन पाएनन् ।

कार्यक्रमलाई प्रहरी निरीक्षक भुपेन्द्र गिरीले सञ्चालन गरेका थिए ।

एसपी ज्ञवाली एक वर्ष अगाडि बाग्लुङ प्रहरीको जिम्मेवारी सम्हाल्न आएका थिए । जिल्लाका प्रमुखसहित विभिन्न स्थानका एसपीहरूको नियमित सरुवामा ज्ञवालीको पनि सरुवा भएको छ ।

एसपी ज्ञवालीको काठमाडौं उपत्यका प्रहरी कार्यलय ईन्टेलिजेन्स शाखामा सरुवा भएको छ ।

बाग्लुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट एसपी योगेन्द्रकुमार खड्का आउनेछन् ।

Published : Monday, 2023 February 6, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया