बुद्ध एयरको जहाज चढ्न लागेका महेशभाईको अबैध कार्य

काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय रुपियाँसहित ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारियालाई पक्राउ गरेको छ ।

भारतीय प्रतिबन्धित रूपियाँ २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजारसहित भारतीय नागरिक कुंडारीयालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनलाई प्रतिबन्धित भारतीय रुपियाँसहित प्रहरीले पक्राउ गरेको हो ।

ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको प्रहरी भनाइ छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।

Published : Monday, 2023 February 6, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया