रविले कैलाश, रामेश्वर, ऋषि, अमितसहित धेरैलाई नङ्गेझार बनाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कथित ठूला मिडियाहरूको भण्डाफोर गरेर सत्यतथ्य कुरा बाहिर ल्याइदिएका छन् ।

आइतबार काठमाडौंको महाराजगञ्जस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट दैनिक, अनलाइन खबर, सेटोपाटीसहितका सञ्चारमाध्यम र मालिकहरूको भण्डाफोर गरिदिएका छन् ।

कान्तिपुर पब्लिकेशनका मालिक कैलाश सिरोहियाले रक्सीले मातेर गाडी चलाउँदा दुर्घटना गराएका आफ्ना छोरालाई बचाउन गरेको हर्कत, चन्द्रागिरी केबलकारमा धम्काएर सेयर लिएको लगायतका बारेमा लामिछानेले भण्डाफोर गरेका छन् ।

उनले अन्नपूर्ण पोस्ट दैनिकका मालिक रामेश्वर थापाले जग्गाका लागि दलाली गरेर मुद्धा हालेको उनले बताएका छन् । सभापति लामिछानेले भनेका छन्, ‘मेरो मुद्धाको फैसला हुनुभन्दा एकदिन अगाडि रामेश्वर थापाले कुन–कुन न्यायाधीशलाई भेट्नुभयो ?’

उनले पत्रकार ऋषि धमलालाई बल्याकमेलिङ गरेको भिडियो ग्यालेक्सी टेलिभिजनका मालिकसँग भिडियो रहेको बताएका छन् । ऋषि धमलाले दीपक बोहरासँग कर्मचारी सरुवा बढुवा गर्ने भनेर बार्गेनिङ गरेको सभापति लामिछानेले आरोप लगाएका छन् ।

लामिछानेले कैलाश सिरोहिया, रामेश्वर थापा, ऋषि धमला, अनलाइन खबरका मालिक धर्मराज भुसाल, सेतोपाटी, देशसञ्चार, शिलापत्र, उकेरा, अमित ढकाल, बाह्रखरी, बसन्त बस्नेत, अरुण बराल, कनकमणि दीक्षितलगायतका बारेमा भण्डाफोर गरेका छन् ।

पत्रकार र मिडिया मालिकहरूले अरुको रक्सी खाने गरेको र महँगो रक्सी सिङ्गल मल्ड खाने गरेको आरोप लामिछानेले लगाका छन् । उनले १२ भाईले आफूलाई निकै खेदेको आरोप लगाएका छन् ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सबै मन्त्रीले राजीनामा दिएका छन् । आइतबार साँझ श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ । सभापति लामिछानेले आफ्नो दलले सहमतिअनुसार मन्त्रालय नपाएका कारण सरकारबाट फिर्ता हुने निर्णय गरेको बताएका छन् ।

यसअघि, उप–प्रधानमन्त्री तथा गृहमन्त्री बनेका पार्टी सभापति लामिछानेले सर्वोच्च अदालतले नागरिकताकको विषयमा प्रश्न उठाउँदै सांसद पद खारेज गरिदिएपछि पदबाट राजीनामा दिएका थिए ।

उनले आफू सधैँ घेराबन्दीमा पर्दै आएको गुनासो गरेका छन् । सभापति लामिछानेले अमेरिका जानुअघि नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँदा पनि आफूलाई असहयोग गरिएको बताएका छन् ।

सबैभन्दा लामो अन्तर्वार्ता गरेर विश्व कीर्तिमान राख्दै आफू नेपाल फर्किएको र विश्वका सञ्चार माध्यमले आफ्नो कीर्तिमानलाई स्थान दिए पनि नेपाली सञ्चार माध्यमले स्थान नदिएको उनको बताएका छन् ।

उनले आफ्नो नागरिकता र राहदानीको मुद्दामा पनि नेपाली सञ्चार माध्यमले आफूलाई प्रहार गरेको बताएका छन् । सभापति लामिछानेले नेपाली सञ्चार माध्यमका सञ्चालक र सम्पादकहरूलाई समेत अदालतमाथि प्रभाव पारेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘देश चलाउने भए आउनुस् चितवन क्षेत्र नम्बर २ मा म सँग चुनाव लड्न ।’

आफूले अमेरिकी नागरिकता फिर्ता गरेपछि मात्रै नेपाली राहदानी प्रयोग गरेको भन्दै लामिछानेले उक्त विषयको मुद्दा आफूले सामना गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा उक्त दलका १९ सांसद छन् । कुल २७५ सदस्य रहेको प्रतिनिधिसभामा १३८ सांसदको समर्थन भए सरकारलाई बहुमत पुग्छ । प्रधानमन्त्री दाहालले यसअघि २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

सरकारमा सहभागी नभएको नेपाली कांग्रेसले पनि यसअघि प्रतिनिधिसभामा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो ।

तल्लो सदनमा रहेका १२ दलमध्ये प्रचण्डलाई १० दल र सबै स्वतन्त्र सांसदहरूले विश्वासको दिएका थिए ।

Published : Sunday, 2023 February 5, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया