निर्वाचन प्रणालीले संवैधानिक संकट आउने देखेको छु : सांसद भट्टचन

काठमाडौं । एमालेका सांसद देवीप्रसाद भट्टचनले संवैधानिक संकट आउने सम्भावना आफूले देखेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद भट्टचनले संविधानअनुसार निर्वाचन प्रणालीले गर्दा संवैधानिक संकट आउन लागेको बताएका हुन् ।

उनले भने, ‘संघीय परिषदको विशेष निर्वाचन प्रणालीले देशमा संवैधानिक संकटको अवस्था आउँछ भन्ने मलाई लागेको छ ।’

‘२०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल एमालेलाई, २०७९ को निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई र गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई प्रत्यक्षबाट समानुपातिकबाट ९ जना हुँदा २७ जना हुँदा टाइ ब्रेक जस्तो भयो’, सांसद भट्टचनले भनेका छन् ।

उनले भने, ‘३३ प्रतिशत पु¥याउनुपर्ने हाम्रो बाध्यताले यसमा संवैधानिक संकट छिटो आउनेछ ।’

सांसद भट्टचनले हवाइ दुर्घटनासम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउन माग गरेका छन् ।

उनले नागरिकता र पानीजहाजसम्बन्धी विधेयकहरू अलपत्र परेको भन्दै ती विधेयकहरू अगाडि बढाउनुपर्ने बताएका छन् ।

Published : Sunday, 2023 February 5, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया