काठमाडौंमा १० लाखसहित जुवातास खेल्ने १९ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवा तास खेल्ने १९ जनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–४ सितापाईला डेरा गरी बस्ने भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१० घर भएका ४४ वर्षीय दिलकुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ६२ वर्षीय गौतमसिंह महर्जन समेत १९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख १२ हजार २ सय १५
रुपियाँ, ३३ थान कौडा र २ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Sunday, 2023 February 5, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया