झापामा आफ्नै श्रीमतीको हत्या, खाल्डोभित्र शव फेला

काठमाडौं । झापामाआफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेल बस्नेतको हत्या गरेको अभियोगमा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।

उदयपुर घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–८ नयाँखसी बजार बस्ने ३३ वर्षीय मनोज बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ईलाका प्रहरी कर्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा बस्नेतले कल्पनालाई ४ दिन अगाडि आफ्नै घरमा हत्या गरी करिब २ सय मिटर टाढा खाली चौरमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

Published : Sunday, 2023 February 5, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया