गृहमन्त्री नपाएर आगो भएका रवि लामिछानेले अराजक शैलीमा धम्की दिए

काठमाडौं । नागरिकता कीर्ते काण्डमा सबै सार्वजनिक पदहरू गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फेरि धम्कीपूर्ण भाषा बोलेका छन् ।

आइतबार बिहान लामिछानले ट्वीट गर्दै आफूले सिधा कुरा नगरेको धेरै भएको धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘मेरो पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।’

उनले भनेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् ।’

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पुच्छर बनेर यता र उता गरिरहेका लामिछानेले उप–प्रधानसहित गृहमन्त्री नपाएपछि रन्थनिएका छन् ।

उप–प्रधानसहित गृहमन्त्री बन्न सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएका थिए ।

नागरिकता कीर्ते काण्डमा परेका र राहदानी दुरुपयोगको अभियोगमा छानविन भइरहेका लामिछानेलाई प्रधानमन्त्री दाहालले गृहमन्त्री दिन अस्वीकार गरिदिए ।

शनिबार मध्यरातिसम्म लामिछानेले अल्टिमेटम दिएका थिए । एमालेका अध्यक्ष ओलीले लामिछानेलाई राष्ट्रपति निर्वाचनसम्म सरकार नछाड्न दवाव दिँदै आएका छन् ।

लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छन् वा सरकारमा बसेर गृहमन्त्री माग गरिरहन्छन् हेर्न बाँकी छ ।
यसअघि पनि लामिछानेले आफू अभिमन्यू नरहेको बताएका थिए ।

सभापति लामिछानेले भनेका थिए, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यू होइन ।’

तत्कालीन अमेरिकन नागरिक लामिछानेले जनतालाई धोका दिएर चितवन २ बाट जितेका हुन् । जसरी जनतालाई धोका दिए त्यसैगरी उनको सांसद पद गयो । उप–प्रधानमन्त्री र गृहमन्त्री पद गयो । सभापति पद गयो । केही दिन अनागरिक बने ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको विषयमा अनुसनधान चलिरहेको छ । राहदानी दुरुपयोग काण्डमा लामिछाने जेल जाने पक्का छ । उनी राहदानी काण्डमा सदाका लागि राजनीति गर्न अयोग्य हुने सम्भावना छ ।

Published : Sunday, 2023 February 5, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया