नेपालका पहिलो गभर्नर तथा अर्थमन्त्री जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा पहिलो अर्थसचिव हिमालयशम्शेर जबराको निधन भएको छ ।

आइतबार बिहान ६ बजेर ३० मिनटमा जबराको काठमाडौंमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले जानकारी दिएका छन् ।

९५ वर्षीय जबराको स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गर्न लगिएको थियो ।

मुलुकको आर्थिक समृद्धि र क्रान्तिमा जबलाले ठूलो योगदान गरेका छन् ।

जबराले संयुक्त राष्ट्र संघको विकास परियोजनाको सन् १९६२ देखि सन् १९८६ सम्म आवासीय प्रतिनिधिका रुपमा काम गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापा स्व.जबराका नाताले छोरी ज्वाइँ पर्छन् ।

Published : Sunday, 2023 February 5, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया