प्रहरीको १०० मा सीआईबी प्रमुखको नाम नै थाहा छैन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को प्रमुखको नाम १०० मा फोन उठाउने प्रहरीलाई थाहा छैन ।

शनिबार दिउँसो करीब १ बजे सीआईबीका प्रहरी प्रमुखको नाम के हो भनेर १०० मा जानकारी माग्दा ‘थाहा छैन’ भन्ने जवाफ आएको छ । सीआईबीको प्रमुखमा अतिरिक्त प्रहरी महानिर्देशक (एआईजी) उत्तमराज सुवेदी छन् । सीआईबीको प्रमुखबारे थाहा नहुने प्रहरी कर्मचारीहरू १०० मा फोन उठाउन र जानकारी दिन बसेका हुन्छन् ।

सीआईबीमा पनि फोन उठाउने प्रहरी कर्मचारीको हालत उस्तै छ । सीआईबीको प्रमुखको बारेमा जानकारी माग गर्दा तीन पुस्ते माग्ने गरिन्छ । जानकारी लिएपछि सीआईबी प्रमुखको फोन नम्बर वा सम्पर्क गराइदिनुपर्छ । तर, त्यसो गरिएन । सर्वसाधारणको पहुँचभन्दा बाहिर सीआईबी छभन्ने प्रमाण हो यो ।

नेपाल प्रहरी भनेको जनताको सेवा गर्न बसेको हो । मन्त्री वा सेलिब्रेटी होइन । सीआईबीका प्रमुखको फोन नम्बर माग्दा दिइएन । सर्वसाधारणले काम परेरै सीआईबीको प्रमुख वा प्रहरीका प्रमुखहरूको नम्बर खोज्ने हो । नम्बर नै पाएनन् भने कसलाई आफ्ना गुनासो गर्ने ? प्रश्न उठेको छ ।

Published : Saturday, 2023 February 4, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया