मन्त्रीद्वारा विमानस्थलको अनुगमन, प्रदीप अधिकारीले टेरपुच्छर लगाएनन्, पाताकसेर कारबाही गर्न माग

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई टेर्न छाडेका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारी मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीको निर्देशानुसार सुधार भएको छैन । सुधार नभएपछि मन्त्री किराँती रिसाएका छन् ।

मन्त्री किराँतीले शनिबार दोस्रो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको अनुगमन गरेका छन् ।

अनुगमनपछि मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार चित्त बुझ्दो नभएको बताएका छन् ।

उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रुपमा सुधार हुन नसकेको बताए । किराँतीले विमानस्थलमा अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् ।

यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरू चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको मन्त्री किराँती बताएका छन् ।

अनुगमनमा टर्लिमा ब्रेक नभएको पाइएको उनले बताएका छन् । मन्त्री किराँतीले तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिएका छन् ।

माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न निर्देशन दिएका थिए ।

आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन पनि उनले निर्देशन दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक प्रेमनाथ ठाकुर छन् । ठकुरले विमानस्थलमा सुधार गर्न सकेका छैनन् ।

ठाकुरले काम गर्न नसक्नुमा प्राधिकरणका महानिर्देशक अधिकारीका कारण हो ।

किन भने महानिर्देशक अधिकारीले महाप्रबन्धक ठाकुरको आर्थिक अधिकार कटौती गरिदिएका छन् ।

एक लाखभन्दा धेरैको खर्च गर्नुपर्दा महानिर्देशक अधिकारीको अनुमति लिनुपर्छ । अनुमति लिँदालिँदै काम गर्न ढिलाइ हुँदा समयमा काम हुने सम्भावना नै रहँदैन ।

महानिर्देशक अधिकारीका कर्तुतहरू धेरै छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अधिकारीका कर्तुतले कोठा भरिएको छ । अधिकारीलाई नयाँ मन्त्री किराँतीबाट कारबाही हुन्छकी भनेर कर्मचारीहरूले आशा लिएका छन् ।

प्राधिकरणका तल्लो तहका कर्मचारीहरूले महानिर्देशक अधिकारीलाई पाताकसेर कारबाहीको माग गरेका छन् । महानिर्देशक अधिकारीको धन्दा नै कमाउतिर रहेको आरोप लाग्ने गरेको छ ।

Published : Saturday, 2023 February 4, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया