गायिका मेलिनाको स्वरमा ‘मेरो माया’ रिलिज

काठमाडौं । गायिका मेलिना मैनालीको स्वरमा ‘मेरो माया’ बोलको गीत रिलिज भएको छ ।

शैलेन्द्र एम. प्रधानको संगीत रहेको गीतका रचनाकार राजेश अर्याल हुन् । गीतलाई राजेश अर्यालको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गीतको म्युजिक भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेका छन् । निर्देशक श्रेष्ठले म्युजिक भिडियोलाई गीतको शब्द र शैलीअनुसार बनाइएको बताएका छन् ।

भिडियोमा बिक्रम बुढाथोकी र सम्रिका ढकालको अभिनय रहेको छ ।

Published : Saturday, 2023 February 4, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया