एक बालिकासहित १३ जना महिलाहरूको उद्धार

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन ओसार पसारमा परेका १२ जना महिलाहरू तथा १ जना बालिकाको भारतबाट उद्दार गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा भारतको राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट ईथोपिया लैजानका लागि उक्त एयरपोर्टको अध्यागमन कार्यालयमा पु¥याइएको अवस्थामा मानव बेचबिखन ओसारपसारमा परेका १२ जना महिलाहरूको भारतबाट उद्दार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका विभिन्न नाकाहरूबाट २०७९ सालको मंसिर र पुस महिनामा भारत पुर्‍याई दुवई हुँदै भिजिट भिसामा ईथोपियामा वैदेशिक रोजगारीको लागि लैजाने प्रलोभन देखाई नेपाली महिलाहरूलाई भारतको जयपुरमा लगेर राखिएको थियो ।

ती महिलाहरू मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेको भन्ने सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले भारतको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास, भारतीय प्रहरी, भारतीय संस्थाहरू र नेपालस्थित शान्ति पुनस्थार्पना गृहको सहकार्यमा उनीहरूको उद्दार गरिएको छ ।

उनीहरूलाई नेपालबाट भारत पु¥याई भिजिट भिसामा दुवई हुँदै ईथोपिया लैजाने कार्यमा नेपाली तथा भारतीय नागरिकहरूको संलग्नता रहेको पाइएको छ ।

नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगाएतका नाकाहरू प्रयोग हुने गरेको र मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा रहेका पीडितबाट रकम नलिई पीडकले नै खर्च गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ईथोपिया लैजाने भनि भिजिट भिसामा दुबई लगेर त्याँबाट घरायसी कामदारको रुपमा कार्य गर्ने गरी ओमान र कुवेतमा तस्करी गर्ने गरेको तथा विदेश जानको लागि राहदानी समेत पीडितहरूले नै बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

व्यूरोको पहलमा मानव बेचबिखनमा परेकी १ जना बालिकाको भारतको रनहोला थानाको वडा एरिया अन्तरगतको मंगलबजार गल्ली नम्बर २ बापरुल्ला बिहार दिल्लीमा रहेको एक घरबाट मंगलबार उद्दार गरिएको छ ।

आफ्नो मामाघरबाट ती बालिका गत पुस १८ गते सम्पर्क विहीन भएको घटनाको थप अनुसन्धान गर्ने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले ती बालिकलाई भारतको नयाँदिल्लीमा लगिएको खुल्न आएपछि उक्त व्यूरोको पहलमा नेपाली राजदूतावास, भारतीय प्रहरी, भारतिय संस्थाहरूको समन्वय तथा सहकार्यमा खोजी गरी ती बालिकाको उद्दार गरिएको हो ।

पीडकले ती बालिकालाई मामाघरबाट ल्याई काठमाडौंमा बन्धक बनाई राखेपश्चात नेपाल–भारतको सीमा सुनौली हुँदै भारतमा पु¥याएपछि भारतको विभिन्न स्थानमा रहेका ३ जना फरक तान्त्रिक बाबा समक्ष लगिएपछि बालिकालाई उक्त स्थानमा राखिएको अवस्थामा फेला पारी उद्दार गरिएको छ ।

उक्त घटनामा संलग्न ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।

Published : Friday, 2023 February 3, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया