काण्ड गरेर संसार हल्लाएका लामिछानेबारे गगन थापाले मुख खोले, अपराधहरूको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अदालतमा किशोरी बलात्कारको अभियोगमा विचाराधीन मुद्दाका अभियुक्त सन्दीप लामिमछानेको निलम्बनको फुकुवा भएकोमा आक्रोश पोखेका छन् ।

शुक्रबार महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेको निलम्बन फुकुवा गरेकोमा असन्तुष्टि पोखेका हुन् ।

‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नु भएको छ’, उनले भनेका छन् ।

‘मेरो धारणा स्पष्ट छ – बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न’, महामन्त्री थापाले भनेका छन् ।

उनले भनेका छन्, ‘एक साताअघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ ।’

‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो’, थापाले भनेका छन्, ‘तर त्यसो हुन सकेन ।’

‘पुनः दोहोर्‍याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ’, महामन्त्री थापाले भनेका छन् ।

किशोरी बलात्कार गरेको आरोपमा मुद्दा खेपीरहेका क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाडेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दिएको छ ।

लामिछानेलाई क्यानले निलम्बनबाट फुकुवा गरेर बन्द प्रशिक्षणमा लगेको छ । क्यानको यो निर्णयको चौतर्फी आलोचना भएको छ ।

लामिछाने जति नै ठूलो सेलिब्रेटी वा खेलाडी भए पनि उनलाई बलात्कार गरेको अपराधको आरोप लागेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेका बेला लामिछानेलाई सहुलियत दिने क्यानसहित विभिन्न संघ, संस्थाको निर्णय उपयुक्त छैन ।

Published : Friday, 2023 February 3, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया