गायक चलाउने र गायिका गिरीको तस्वीरले हँगामा, मायाप्रेम बसेको हो ?

काठमाडौं । गायक भागिरथ चलाउने र गायिका भूमिका गिरीको तस्वीरले सामाजिक सञ्जालमा हँगामा मच्चाएको छ ।

बिहीबार आफ्नो फेसबुक वालमा गायक चलाउनेले गायिका गिरीलाई ट्याग गरेर तस्वीर राखेका छन् ।

गायक चलाउनेले लेखेका छन्, ‘लगभग ५ महिनापछिको हाम्रो भेटघाट ।’

गायक चलाउनेले त्यति मात्रै कहाँ लेखेका छन् र ? उनले गायिका गिरीसँगको कुम जोडेको तस्वीरमा दुई वटा लभको इमो राखेका छन् ।

गायक चलाउने सल्यान जिल्ला निवासी हुन् । गायिका गिरी दाङ जिल्ला निवासी हुन् ।

गीत संगीतका लागि उनीहरूले काठमाडौंमा आफ्नो कर्मथलो बनाएका छन् ।

गायक चलाउने निकै मेहनती र संघर्षशील गायक हुन् । उनका गीतसंगीतले निकै हलचल ल्याउने गरेका छन् ।

गायिका गिरीका गीतहरू पनि चलेका छन् । गिरी स्टेज कार्यक्रमहरूमा लोकप्रिय छिन् ।

गायक चलाउनेले गायिका गिरीसँगको तस्वीर सार्वजनिक गर्दै भावनात्मक कुरा लेखे पनि उनीहरूबीचको सम्बन्धका बारेमा केही खुलाएका छैनन् ।

भन्नेहरूले गायक चलाउने र गायिका गिरीबीच मायाप्रेम छ भनेर चर्चा पनि गर्ने गरेका छन् । तर, यस विषयमा चलाउने र गिरीले मुख खोलेका छैनन् ।

गायक चलाउनेले सार्वजनिक गरेको तस्वीरले काठमाडौंमा हलचल ल्याइदिएको छ ।

Published : Thursday, 2023 February 2, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया