राजस्वका महानिर्देशकसहित यी सह-सचिवहरूको सरुवा

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको सरुवा गरेको हो । महानिर्देशक बनेर आएको ३ महिनामै दाहालको सरुवा भएको छ ।

दाहाल कात्तिक १६ गते महानिर्देशक पदमा नियुक्त भएका थिए । दाहाललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको छ ।

दाहालले नेपाल इन्भेस्टमेन्ट बैंकले करिब ५ अर्ब राजस्व छलेको अनुसन्धानका क्रममा बैंकका १२ जना कर्मचारीलाई बयान लिएका थिए । दाहालले बयान लिन दुई जनाको मात्रै बाँकी थियो ।

तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई हटाएर दाहाल महानिर्देशक बनेका थिए ।

सोमबारको मन्त्रिपरिषदको निर्णयानुसार मन्त्रालय, विभाग र प्रदेशका २६ जना सह–सचिवको सरुवा भएको छ ।

अर्थ मन्त्रालयको विभिन्न महाशाखा सम्हालिरहेको ६ जना सह–सचिवलाई अन्यत्र सरुवा गरिएको छ । बाहिर रहेका ६ जनालाई मन्त्रालय ल्याइएको छ ।

मन्त्रालयबाट बाहिर पठाइएका सह–सचिवहरूमा भूपाल बराल, रमेश केसी, बाबुराम सुवेदी, मन्त्रालयका प्रशासन प्रमुख केदारनाथ शर्मा, सह–महालेखा नियन्त्रक जितेन्द्र बस्नेत तथा भन्सार विभागका उप–महानिर्देशक यज्ञ कोइराला रहेका छन् ।

मन्त्रालय सरुवा गरिएका सह–सचिवहरूमा श्रीकृष्ण नेपाल, धनीराम शर्मा, शेवन्त पोखरेल, रामप्रसाद आचार्य, रमेश अर्याल तथा झक्कप्रसाद आचार्य छन् ।

Published : Thursday, 2023 February 2, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया