कांग्रेसले बनायो चुनावी रणनीति, प्रचण्डबारे बबाल निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीबार बिहान काठमाडौंको धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दलको कार्यसमिति बैठकले उपाध्यक्ष निर्वाचनका लागि अन्य दलहरूसँग सम्वाद गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै दलहरूसँग छलफल गरेर उपाध्यक्षको निर्वाचनमा अगाडि बढ्ने बताए ।

कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्नेछ । सो बैठकमा पनि समग्र विषयमा छलफल हुनेछ ।

संसदभित्रको व्यस्तताका कारण केन्द्रीय कार्य समितिको बैठक केही समयका लागि सरिएको लेखकले बताएका छन् ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरू राजनीतिक दलहरूसँग छलफलका क्रममा कांग्रेस रहेको नेता लेखकले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उप–राष्ट्रपति तथा सभामुख र उप–सभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहाल सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने उनले बताएका छन् ।

Published : Thursday, 2023 February 2, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया