सभापति देउवासँग नेतृ कोइरालाद्वारा भेटवार्ता, रणनैतिक कुराकानी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्य सुजाता कोइरालाले भेटवार्ता गरेकी छिन् ।

बिहीबार बिहान धम्बाराहीस्थित निवासमा देउवासँग नेतृ कोइरालाले भेतवार्ता गरेकी हुन् ।

भेटमा नेतृ कोइरालाले एमालेले मुलुकलाई तहस–नहस बनाउन लागेको भन्दै रणनैतिक रुपमा कांग्रेस अगाडि बढ्नुपर्ने सुझाव दिएकी छिन् ।

कांग्रेस ठूलो पार्टी हुँदाहुँदै अवसरवादी समूह मिलेर सरकार बनाएको नेतृ कोइरालाको भनाइ छ । उनले कांग्रेसले मात्रै मुलुकलाई सहि दिशा र नेतृ दिन सक्ने भन्दै कांग्रेसले आफूलाई सफल रुपमा अगाडि बढाएको बताएकी छिन् ।

मोरङबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकी नेतृ कोइरालालाई पार्टीभित्रकै सानो समूहले अन्तर्घात गरेर हराएको थियो ।

Published : Thursday, 2023 February 2, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया