भाजपाकी प्रवक्ता साजियाद्वारा देउवा र प्रचण्डसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारती जनता पार्टीकी राष्ट्रिय प्रवक्ता साजिया ईल्मीले भेटवार्ता गरेकी छिन् ।

काठमाडौं उनले दाहाल र देउवासँग अलग–अलग भेटवार्ता गरेकी हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्ध र भारतीय जनता पार्टीसँगको भाइचाराबारे परामर्श भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापासँग पनि उनले भेटवार्ता गरेकी छिन् ।

भेटमा समग्र राजनीतिक र दुई देशबीचको सम्बन्धका बारेमा छलफल केन्द्रित रहेको थियो ।

Published : Tuesday, 2023 January 31, 1:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया