सांसद जितेको ३ महिनाभित्र रामहरिले ७ वर्षदेखि रोकिएको कालोपत्रेको काम अगाडि बढाए

लिखु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले लामो समयदेखि अगाडि बढ्न नसकेको ओखलढुङ्गाको साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्ने कामलाई अगाडि बढाएका छन् ।

ओखलढुंगाबाट प्रतिनिधिमा निर्वाचित भएर आएको तीन महिनाभित्रै खतिवडाले सो सडकको कालोपत्रे गर्ने कार्यको प्रारम्भीक कामको सुरुवात गरेका हुन् । खतिवडाले ओखलढुंगाका जनताको सेवा र सहजताका लागि सडकमा कालोपत्रे गर्न लागिएको बताएका छन् । उनले ठेकेदार कम्पनीलाई सडक बनाउन र कालोपत्रे गर्न समस्या छभने बजेट निकासादेखि अबरोधहरू हटाउन आफूले पहल गर्ने बताएका छन् ।

सोमबार खतिवडाले रामेछाप र ओखलढुंगाको सिमानामा पर्ने लिखु नदीको साँघुटार पुलदेखि करीव १४ किलोमिटरको सडकको कालोपत्रे गर्नु पूर्व गरिने प्रारम्भीक कामको आफैले सुरुवात गरेका छन् ।

खतिवडा सांसद रहेका बेला २०७२ सालमा साँघुटार–घोराखोरीको सडकको योजना आफैले पारेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा खतिवडाले पारेको आयोजनाको काम एमालेका तत्कालीन सांसद यज्ञराज सुनुवारले सिन्को पनि भाँच्न सकेनन् । अनुगमन गर्ने, ठेकेदार कम्पनीलाई धम्की दिने, काम गर्न असहयोग गर्ने जस्ता कार्य गरेर हैरान बनाएका थिए ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका नेता खतिवडा पराजित भएका थिए । खतिवडालाई पराजित गरेर एमालेका सुनुवार विजयी भए ।

एमालेका नेता सुनुवार सांसदमा विजयी हुनु ओखलढुङ्गाका जनताको लागि अभिषाप नै भयो । सुनुवारले काम गर्नै सकेनन् ।
यस पटक मंसिर ४ गते कांग्रेस नेता खतिवडाले जितेका छन् । जितेको ३ महिनाभित्रै सडक कालोपत्रे बनाउने काम अगाडि बढाएका छन् ।

सोमबारदेखि साँघुटार–घोराखोरीमा कालोपत्रेका लागि आवश्यक पर्ने ग्राभेलहरू पेल्ने कामको सुरुवात भएको छ । त्यसपछि कालोपत्रेको काम हुनेछ । २ देखि ३ महिनाभित्र साँघुटार–घोराखोरी सडक खण्डमा कालोपत्रे हुनेछ ।

कांग्रेसका नेता तथा सांसद खतिवडाले विगत ७ वर्षदेखि कालोपत्रे हुन नसकेको सडक सोमबारदेखि काम अगाडि बढाएपछि विकास विरोधी एमालेलाई तनाब भएको छ । कालोपत्रे हुन थालेपछि एमालेका स्थानीय नेताहरूले विभिन्न लाञ्छना लगाएर विरोध गरिरहेका छन् ।

ओखलढुङ्गाका अधिकांश पालिकाहरूमा कांग्रेसले जितेको छ । धेरै वडाहरूमा पनि कांग्रेसले जितेको छ ।

सोमबार लिखु गाउँपालिकाको वडा नम्बर २ सिंहदेवी, हुलाकचौरमा आयोजित अन्तरक्रियामा एमालेकी स्थानीय नेतृ एवम् गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले साँघुटार–घोराखोरी सडक खण्डमा कालोपत्रे हुन लागेकोमा विभिन्न आक्षेपहरू लगाएर कालोपत्रे गर्न लागिएकोमा विरोध गरेकी छिन् । उनले आफूलाई विकासको विरोध गरेकी छिन् । उनले अन्तरक्रिया कार्यक्रममा एमालेका नेताहरूलाई किन नबोलाएको भनेर उत्पात मच्चाएकी छिन् ।

साँघुटार–घोराखोरी सडक खण्डको कालोपत्रे गर्ने कामको ठेक्का ०७३ सालमा कान्छाराम कन्स्ट्रक्सनले लिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा लिखु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामकुमार बुढाथोकीले एमालेका प्रदेश नं. १ का पूर्व प्रदेश सांसद मोहन खड्कालाई बोलाएका थिए । तर, विकास विरोधी खड्का आएनन् । वडाध्यक्ष बुढाथोकीले आफूले एमालेका नेता खड्कालाई बोलाएको तर, नआएको कार्यक्रममा जानकारी गराएका थिए ।

एमालेकी नेतृ एवम् गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले सडक कालोपत्रे गर्ने क्रममा आफूलाई चित्त नबुझे भत्काइदिने चेतावनी दिएकी छिन् ।

साँघुटार–घोराखोरी–ओखलढुंगा सडक कालोपत्रे भएमा काठमाडौंबाट ओखलढुंगाका दुरी छोटिनेछ । पश्चिमी ओखलढुंगाका बासिन्दालाई सदरमुकाम आउजाउमा सहजता हुनेछ ।

यसैबीच, पेटी ठेकेदार राजन सुवेदीले गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाको हर्कतको विरोध गरेका छन् । उनले आफूले सार्वजनिक खरिद ऐनभन्दा बाहिर गएर कुनै पनि कार्य नगरेको भन्दै जनप्रतिनिधिहरूलाई कानूनको दायराभित्र रहेर बोल्न चेतावनी दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले साँघुटार–घोराखोरी सडक खण्डको काममा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सडक कार्यालयका डिभजनल ईन्जिनियर अरुणलाल कर्णले मापदण्डअनुसार सडकमा कालोपत्रे गरिने र त्यसको गुणस्तर चेकजाँच गरिने बताएका छन् ।

Published : Tuesday, 2023 January 31, 1:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया