जनताका माग र गुनासो सुन्न गाउँ–टोलमा कांग्रेस नेता महर्जन

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा बागमती प्रदेश सभाका सदस्य मीनकृष्ण महर्जन यतिखेर जनताको गुनासाको सम्बोधन गर्न गाउँ–टोलटोलमा ब्यस्त छन् ।

प्रदेश सभा निर्वाचनमा महर्जनले सानदार मतका साथ जितहात पारेका हुन् । महर्जनमाथि ललितपुर– १ का जनताले निकै आशा र भरोसा गर्छन् ।

दोस्रो कर्णालीको रुपमा हेरिएको दक्षिण ललितपुरको क्षेत्र नम्बर १ लाई नेता महर्जनले आफू जनप्रतिनिधि हुनुभन्दा पहिलादेखि बागमती प्रदेश र केन्द्रीय सरकारमार्फत अधिकांश गाउँ–टोलमा विकास निर्माणको निम्ति बजेट बिनियोजन गर्न सकृय रुपमा लागेका थिए । महर्जनले बजेट ल्याउन ठूलो भूमिका खेलेका छन् ।

ललितपुरका जनता होस् वा आफ्नै पार्टीका कार्यकर्ताहरूको कुनै समस्या पर्दा नेता महर्जनलाई सम्झिने गर्छन् । जनताको सहजताका लागि कान्तिलोक सडक निर्माण हुनुपर्ने देखिन्छ ।

स्थानीय जनताहरू सदरमुकाममा ल्याएर दुध, तरकारी, गेडागुडी बिक्री गर्ने गरिन्छ । कान्तिलोकपथ लेले–चन्दरपुर बाटो सडक स्तरउन्नति हुन जरुरी देखिन्छ ।

नेता महर्जन कान्तिलोकपथ सडक लेले चन्दनपुर बाटो निर्माणलाई पहिलो प्राथमिकताका साथ अहोरात्र लागि परेका छन् ।

कान्तिलोकपथ सडक पूर्णरुपमा बन्यो भने मात्रै दक्षिण ललितपुरको कायापलट हुनेछ । यो अभियानमा महर्जनले आफूलाई लगाएका छन् ।

उनी सांस्कृति सम्पदा जोगाउन पनि लागि परेका छन् । महर्जनको यस्तो महान कार्य देखेर कांग्रेसका शीर्ष नेताहरू नेता महर्जनप्रति निकै प्रभावित छन् ।

कार्यकर्ताको संरक्षण गर्न माहिर मानिने कांग्रेस प्रभावशाली नेता स्व.खुमबहादुर खड्काका विश्वासिला पात्र मानिने नेता महर्जन स्व.खड्काको जस्तै गुण रहेको कार्यकार्ताहरूको बुझाई रहेको छ ।

नेता महर्जन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका महर्जन राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत हुन् ।

खेलकुद क्षेत्रमार्फत राजनीतिमा प्रवेश गरेका महर्जन ललितपुर कांग्रेसको खम्बा मानिछ ।

Published : Sunday, 2023 January 29, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया