प्रदीप अधिकारीको लापरबाही फेरि बढ्यो, सयौँ यात्रुले दुःख पाए, विमानस्थलभित्रै नारावाजी

काठमाडौं । अध्यागमन विभागको सर्भर बिग्रिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण र उडान बन्द हुँदा सयौँ यात्रुले सास्ती व्यहोर्नुपरेको छ ।

शनिबार सर्भर डाउन हुँदा १ घण्टाभन्दा धेरै समय यात्रुले सास्ती व्यहोर्नु परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको असक्षमतले यात्रले दैनिक सरह दुःख पाइरहेका बेला सर्भर डाउन हुँदा समस्या भएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानका सयौँ यात्रुहरू विमानस्थलमा दिनभरि अलपत्र परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले अध्यागमनको सर्भरले काम नगर्दा भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसक्दा समस्या भएको बताए ।

दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।

सर्भर बिग्रिएका कारण ५ वटा वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् ।

समयमा जहाज नउडेपछि विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरेका छन् । अध्यागमनको सर्भर बिग्रिएको यो पहिलो घटना भने होइन् ।

प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारी छन् । अधिकारीको असक्षमताले दैनिक सरह यात्रुले समस्या भोग्दै आएका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीको असक्षमतालाई लुकाउन विभिन्न हर्कत हुँदै आएका छन् ।

महानिर्देशक अधिकारीले जिम्मा लिएको विमानस्थलमा हुने सबै कुराको अनुगमन र नियमन गर्नुपर्छ । तर, उनको लापरबाही दिनदिनै बढ्दै गएको छ ।

Published : Saturday, 2023 January 28, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया