गायक प्रमोद खरेलको कार्यक्रममा ९ जना घाइते

काठमाडौं । गायक प्रमोद खरेल सहभागी कार्यक्रममा भागदौड हुँदा ९ जना घाइते भएका छन् ।
धनकुटा महोत्सवमा अत्याधिक भिड हुँदा दर्शकहरू घाइते भएको प्रहरीले जनाएको छ ।
कन्सर्ट हेर्न आएकाहरूको भीडमा परी ९ जनाभन्दा बढी घाइते भएपछि कार्यक्रम स्थगित भएको छ ।
घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको वीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जनाएको छ ।
अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको र घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिएका छन् ।
घाइतेहरूको नाम खुलाइएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया