न्यायाधीशले सोधेपछि लामिछानेका वकिलहरू कालोनिलो भएर जिल परे

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेपाली राहदानी लिएको विवादको सुनुवाई सकिएको छ ।

लामिछानेले अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार गरेका छन् । लामिछानेका कानून व्यवसायीहरूले बहसका क्रममा लामिछानेले अमेरिकन नागरिकता त्याग नगरेर नेपाली राहदानी लिएको अदालतमा स्वीकार गरेका हुन् ।

लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली राहदानीका विषयमा गम्भीर प्रश्न गरेका थिए ।

लामिछानको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतमले नेपाली राहदानी लिएपनि लामिछानेले प्रयोग नगरेको बताएका छन् ।

लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता (ग्रिनकार्ड) लिएको र सन् २०१८ मा मात्र त्यागेका थिए ।

यो तथ्यलाई लामिछानेका कानून व्यवसायीहरूले स्वीकार गरेका छन् ।

न्यायाधीश खतिवडाले सन् २०१५ मा नेपाली पासपोर्ट लिन कसरी सम्भव भयो ? भनेर प्रश्न गरेपछि रवि लामिछानेका कानून व्यवसायीहरूको सातोपुत्लो उडेको छ । न्यायाधीशको प्रश्नले लामिछानेका कानून व्यवसायीहरू तनाबमा परेका छन् ।

शुक्रबार लामिछानेका कानून व्यवसायीहरूले बाँकी बहस गरेका छन् । त्यसपछि रिट निवेदकहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको छ ।

विवादको सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास गठन गरिएको थियो ।

बहस सकिए पनि फैसला आजै गर्ने वा पछिको मिति तोक्नेबारेमा केही भनिएको छैन ।

Published : Friday, 2023 January 27, 3:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया