राजदूतावासमा भारतको ७४औं गणतन्त्र दिवसको विशेष कार्यक्रम

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास लैनचौरमा भारतको ७४औं गणतन्त्र दिवसमनाइएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरिएको सम्बोधन पढेर सुनाइएको थियो ।
भारतीय राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुदगान्धीजीको सर्वोदय वा सबैको उत्थानको आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको बताएकी छिन् ।
उनले जी–२० मा भारतले पाएको अध्यक्षता सिंगो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवर्धन गर्ने अवसर भएको बताएकी छिन् ।
कार्यक्रममा राजदूत श्रीवास्तवले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ४.६० करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् ।
राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थाहरूलाई पुस्तक वितरण गरेका छन् ।
भारतको ७४औं गणतन्त्र दिवसको अवसरमा दूतावासले २३ वटा संस्थालाई नेरु १६ लाख बराबरको पुस्तक उपहार स्वरुप वितरण गरेका छन् ।
सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२२ पत्रिकाको लोकार्पण गरेको छ ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका छन् ।
दूतावासको सामाजिक सञ्जाल ह्याण्डलमार्फत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।



फेसबुकबाट तपाईको प्रतिक्रिया