‘कम्युनिस्ट पुतली’ सरकारलाई खाणले दिए मुद्दा फिर्ता लिन सुझाव

भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले थारु कल्याणकारिणी सभा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र तराई मधेशका अन्य राजनीतिक शक्तिहरूसँग तत्कालीन सरकारले गरेको सम्झौताअनुसार मुद्दा फिर्ता लिन ‘कम्युनिस्ट पुलती’ आग्रह गरेका छन् ।

सोमबार रुपन्देहीमा आयोजित कार्यक्रममा पूर्वगृहमन्त्री समेत रहेका खाणले उनीहरूलाई रिहाई गर्न कानूनमा भएका बाधा हटाउन वर्तमान सरकारले प्रतिनिधि सभामा विधेयक ल्याउनुपर्ने बताए ।

खाणले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको आधारमा वर्तमान सरकारले अविलम्व विधेयक सदनमा ल्याउनुपर्ने बताए ।

देउवा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ११६ दफामा उपदफा थपेर जुनसुकै तहको अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्न सरकारलाई बाधा नपुग्ने व्यवस्थासहित अध्यादेश ल्याएको थियो ।

‘थारु कल्याणकारिणी सभा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र तराई मधेशका अन्य राजनीतिक शक्तिहरूसँग तत्कालीन सरकारले गरेको सम्झौताअनुसार मुद्दा फिर्ता लिन र उनीहरूलाई रिहाई गर्न कानूनमा भएका बाधा हटाउन, शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको आधारमा वर्तमान सरकारले अविलम्व विधेयक सदनमा ल्याओस्’, खाणले भनेका छन् ।

‘विधेयक पास गरेर तत्कालिन सरकारकाले ती समूहसँग गरेको सहमति कार्यान्वयन गराओस् र मुद्दा फिर्ता लिई राजनीतिक बन्दीहरूलाई छुटाओस्’, उनले भनेका छन् ।

देउवा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ११६ दफामा उपदफा थपेर जुनसुकै तहको अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्न सरकारलाई बाधा नपुग्ने व्यवस्थासहित अध्यादेश ल्याएको थियो ।

राजनीतिक शक्तिहरूले विभिन्न समय खण्डमा गरेका आन्दोलन र विद्रोहहरूलाई सरकारले ओनरसीप लिएर सम्झौता गरिसकेपछि ती सम्झौता कार्यान्वयन हुँदा त्यसले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन बल पुग्ने खाणले बताएका छन् ।

राजनीतिक उद्देश्यका लागि विभिन्न राजनीतिक शक्तिहरूले गरेको आन्दोलन र विद्रोहका कारणले मुद्दा लागेका र जेल बसेका नेता कार्यकर्तालाई जेलबाट छुटाउन कानूनमा रहेको बाधा हटाएर छुट्टाएमा शान्तिप्रक्रिया निष्कर्षम पुग्न सहज हुने खाणले बताएका छन् ।

Published : Tuesday, 2023 January 24, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया