एक्काईस वटा बैंकहरूबारे बतासले उठाए गम्भीर प्रश्न

काठमाडौं । बतास समूहका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी आनन्दराज बतासले मुलुकका वाणिज्य बैंकहरूले कमाइ गरे पनि कर्जा उठाउन नसकेकोप्रति गम्भीर प्रश्न उठाएका छन् ।
मुलुकमा २१ वटा वाणिज्य बैंकहरू छन् । ती बैंकहरूले ६ महिनामा ३१ अर्ब रुपियाँ कमाएको बतासले बताएका छन् । उनले बैंकहरूले कमाइ गरे पनि कर्जाको ठूलो रकम असुल्न बाँकी रहेकोमा चिन्ता जनाएका हुन् ।
अध्यक्ष बतासले भनेका छन्, ‘देशका २१ वाणिज्य बैंकले ६ महिनामा ३१ अर्ब १४ करोड रुपियाँ नाफा कमाएका छनभने १३ अर्बभन्दा धेरै कर्जा समयमै असुली नहुँदा/नउठ्दा १६ अर्ब प्रोभिजनिङ गरेको पाइएको छ ।’
‘कर्जा असुल हुन बाँकी ठूलो रकम हुनु भनेकै व्यापार व्यवसाय चौपट छभन्ने प्रमाण हैन र ?’, अध्यक्ष बतासले प्रश्न गर्दै गम्भीर समस्या उठाएका छन् ।
विगत दुई वर्षदेखि बैंकहरूले ठूलो रकमको कर्जा दिन सकिरहेका छैनन् । बैंकहरूको रकम सीमित व्यक्तिहरूले लिएर नतिरेका कारण मुलुकमा आर्थिक समस्या आएको आरोप लाग्र्दै आएको छ ।
बैंकहरूले तजविजका आधारमा आफू निकटका व्यापारीलाई कर्जा दिएको आरोप छ । सर्वसाधारणले बैंकबाट कर्जा नै पाउँदैनन् । पाइहाले पनि सानो रकम मात्रै पाउने गर्छन् ।
बैंकहरूले उद्देश्य र तोकिएको क्षेत्रमा लगानी नगरेका कारण बैंकहरू समस्या रहेको बताउने गरिन्छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया