विमानस्थलका हाकिम घुस र महँगा रक्सीसहित पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका कर्तुतहरू सार्वजनिक भइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका म्यानेजरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

सोमबार अख्तियारको टोलीले विमानस्थलको आन्तरिकका कार्यालय प्रमुख पूर्णप्रसाद चुडाललाई रंगेहात पक्राउ गरेको छ ।
चुडाको कार्यकक्षबाट ठूलो परिमाणमा महँगा रक्सी र लाखौं रुपियाँ बरामद गरेको छ ।

आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख चुडालको कार्यकक्षमा आर्थिक लेनदेन भएको सूचना प्राप्त भएपछि अख्तियारको टोली छापामारेको थियो ।

चुढाललाई डेढ लाख रुपियाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको आरोपमा अख्तियारले रंगहाते पक्राउ गरेको जनाएको छ ।
चुडाको कार्यकक्षबाट अख्तियारको टोलीले ८ लाख रुपियाँ फेला परेको छ ।

अख्तियारले चुडालको कार्यकक्षबाट केही थान मोबाइल, रेड लेबल, ब्लाक लेबललगायत महँगा रक्सी पनि फेला परेको छ ।
अख्तियारको टोलीले प्रहरी वृत्त गौशालाको सहयोगमा छानबिन र अनुसन्धान गरेको छ ।

भ्रष्टाचार काण्डमा पक्राउ परेका कार्यालय प्रमुख (म्यानेजर) चुडाललाई प्रहरीले हिरासतमा राखेको छ । चुडाल आफ्नो पदबाट निलम्बनमा परेका छन् ।

चुडालले विभिन्न ट्राभल र ट्रेकिङ एजेन्सीका कर्मचारीहरूको प्रवेश कार्ड नवीकरणको नाममा एक लाखसम्म रकम असुल्दै आएका थिए । पीडितहरूले अख्तियारको टोलीलाई भनेपछि चुडाल फन्दामा परेका छन् ।

पक्राउ परेका चुडाल प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका निकै नजिकका कर्मचारी हुन् । चुडाल फसे पनि महानिर्देशक अधिकारी बचेका छन् ।

Published : Monday, 2023 January 23, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया