‘महामन्त्री गगन’ बन्न उनले के–के योगदान गरे ? यस्तो छ कठीन यात्रा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको जोडबलबाट गगनकुमार थापा नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्री बनेका हुन् ।

वीरगञ्जमा भएको नेविसंघको महाधिवेशनबाट थापा महामन्त्री बनेका हुने । थापालाई कांग्रेस नेतृ सुजाताले महामन्त्री बनाएकी हुन् । नेविसंघको महामन्त्री बन्न थापाले सुजाताको ठूलै चाकडी गरेका थिए । सुजाताले तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला (सुजाताका बुबा गिरिजाप्रसाद कोइराला)लाई ठूलै दवाव दिएकी थिइन् । नेविसंघको महामन्त्री बनेपछि गगनले सुजातालाई लात हाने ।

गगनले त्यसपछि पहिलो संविधान सभा निर्वाचनमा रामचन्द्र पौडेललाई पच्छ्याए । नेता पौडेलले गगनलाई संविधान सभाको समानुपातिक उम्मेदवार बनाउन तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग लडाइँ नै गरे । नेता पौडेलले तत्कालीन समयमा गगन र तीर्थराम डंगोललाई समानुपातिक सांसद बनाए । गगन र तीर्थरामलाई सांसद बनाउन नेता पौडेलले नोट अफ डिसेन्ट समेत लेखेका थिए । गगनले त्यो गुन तिर्न नेता पौडेलविरुद्ध हर्कत नै गरे ।

समानुपातिक सांसद बन्नेवित्तिकै गगनले नेता पौडेललाई पनि लात हाने । नेता पौडेललाई लात हानेपछि गगनले नेता कृष्णप्रसाद सिटौलाको समूहमा अड्डा जमाए ।

सिटौला समूहबाट गगनले कांग्रेसको महामन्त्री पदमा उम्मेदवार बने । महामन्त्री पदमा लज्जास्पद हारे व्यहोर्न पुगे । सिटौलाले पराजित भएका गगनलाई केन्द्रीय सदस्य बनाए । सिटौलाले आफ्नो भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पनि गगनलाई दिए ।

गगनले स्वास्थ्यमन्त्री बनेका बेला राम्रो कमाइ गरे । त्योभन्दा अगाडि बाख्रा पालन गर्ने भनेर सरकारसँग अनुदान लिए । बाख्रापालनको पैसा अनियमितता गरेको आरोप गगनलाई अहिले पनि लागिरहेको छ । बाख्रापालनको पैसाका विषयमा गगनले बेलाबेला स्पष्टीकरण दिँदै आएका छन् ।

स्वास्थ्यमन्त्री बनेका बेला गगनले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उप–कुलपति नियुक्तिमा करोडौंको घुस खाएको आरोप पनि लाग्यो ।

गगनले नेता सिटौलाई पनि लात हाने । उनले महामन्त्री पदमा उम्मेदवार बन्न नेता शेखर कोइरालालाई चुने । शेखर समूहबाट महामन्त्री पदमा अत्याधिक मतसहित जिते ।

अहिले आएर गगनले शेखरलाई पनि लात हानेका छन् । शेखरलाई लात हानेर गगनले आफैलाई प्रधानमन्त्रीको स्वघोषणा गरेका छन् । संसदीय दलको निर्वाचनमा शेखरलाई लात हानेर आफै उम्मेदवार बने ।

गगन थापा आफ्नो व्यक्तिगत स्वार्थका लागि निकै तल्लो तहको कार्य गर्ने नेताका रुपमा परिचित छन् । नेता प्रकाशमान सिंहलाई प्रयोग गरेर १४औँ महाधिवेशनका बेला काठमाडौंमा राम्रो पकड बनाए ।

तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाले गगनको सबै कुरा बुझेर विभिन्न लाञ्झना लगाएका थिए । गिरिजाप्रसाद कोइरालाले लगाएको गगनमाथिको आरोप अहिले आएर पुष्टि हुन थालेका छन् ।

नेता सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका बेला गगनले आफ्ना ससुरालाई शेरबहादुर देउवाको समूहबाट महामन्त्रीमा उम्मेदवार बनाए । त्यस बेला पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार डा.शशांक कोइराला उम्मेदवार थिए ।

शशांकको मत काट्न गगनले ससुरा अर्जुननरसिंह केसीलाई उम्मेदवार बनाएर सिटौला समूहबाट महामन्त्री बन्ने योजना बनाए पनि पराजित भए ।

परिवर्तन र युवाको नारा दिँदै आएका गगनले आफ्ना ससुरा बाहेक सबैलाई कांग्रेसभित्र वृद्ध देख्न थाले । अर्जुन नरसिंह केसी कति वर्षका पुगे ? गगनलाई त्यो कुरा गौण लागेको छ । तर, कांग्रेसभित्र योगदान दिएका अरु नेताहरू गगनका ससुराभन्दा सबै कमजोर मानिएका छन् ।

गगनले युवा र परिवर्तनको नारा लगाउँदा ससुरा अर्जुन नरसिंह केसीका बारेमा किन सोँचेनन् । ससुरा बाहेक सबै गगनका दुश्न जस्तै बनेका छन् ।

आफ्ना विरोधीलाई महामन्त्री गगनले दुश्मनको व्यवहार गर्छन् । आफ्ना विरोधीविरुद्ध साइबर सेना परिचालन गर्छन् । उनको साइबर सेना निकै बलियो छ ।

नेविसंघको महामन्त्री मात्रै बनेका गगन अध्यक्ष बन्न सकेनन् । गगनलाई संगठन निर्माणमा निकै कमजोर मानिन्छ । उनी नेविसंघको अध्यक्ष बन्न नपाएर कांग्रेसको केन्द्रीय सदस्य र महामन्त्री बनेका छन् । गगन कांग्रेसको सभापति बन्नेमा आशंका छ । गगनको महत्वकांक्षाका कारण राजनीतिक यात्रा निकै कठीन बनेको चर्चा छ ।

गगनले ज्ञानेश्वरमा पूरै घर लिएर कार्यालय स्थापना गरेका छन् । उनको खर्च मासिक लाखौं रहेको चर्चा कांग्रेसभित्र छ । त्यो खर्च कहाँबाट आउँछ ।

गगनले सभापति शेरबहादुर देउवाले काम नदिएको आरोप लगाउँदै आएका छन् । महामन्त्री गगनलाई देउवाले अधिकार दिनु पर्दैन । गगनले आफै भूमिका बनाउनुपर्छ ।

सभापति देउवाविरुद्ध गतिविधि गर्ने अनि देउवाले भूमिका दिएनन् भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिने गगनको कार्य निकै विवादास्पद छ ।

गगनलाई संसदीय दलको नेता पदको निर्वाचनमा आफ्नै समर्थक र प्रस्तावकले मतदान नदिएको चर्चा छ ।

कांग्रेस छाडेका नेता अमरेशकुमार सिंहले सभापति शेरबहादुर देउवाभन्दा हजारौ गुणा खराब गगन थापा रहेको बताएका छन् । एउटा अन्तर्वार्तामा सिंहले देउवाभन्दा धेरै खराब गगन रहेको बताएका छन् । गगनले कांग्रेसलाई नोक्सान गर्ने सिंहले बताएका छन् ।

निर्वाचनका बेला गगनले कहाँ गएर कांग्रेसको पक्षमा भोट मागे ? आफ्नो क्षेत्र बाहेक गगन अरुको क्षेत्रमा गएनन् । उनले कांग्रेस बलियो बनाउन के–के योजना अगाडि सारे कांग्रेसका कार्यकर्ताले हेर्न चाहेका छन् । युवाको नाराबाहेक गगनले के नै योजना अगाडि सारेका छन् । गगनले गर्दा कांग्रेसलाई संगठितभन्दा पनि बिग्रह भइरहेको आरोप छ ।

गगनलाई रवि लामिछानेसँग मिलेर कांग्रेसका उम्मेदवार हराउन भूमिका खेलेको आरोप पनि छ । उनले आफूलाई समर्थन नगर्ने नेताहरूविरुद्ध साइबर सेना लगाउनेदेखि आफूले लगानी गरेका अनलाइनमार्फत विरुद्धमा समाचार लेखाउनसम्मका कार्य गरेका छन् । उनी सामाजिक सञ्जाल र समाचार व्यवस्थापनमा निकै निपूर्ण मानिन्छन् ।

Published : Monday, 2023 January 23, 12:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया