देउवालाई कमजोर बनाउन ओलीद्वारा निरन्तर प्रहार, कांग्रेसलाई सडकमा पुर्‍याउने एमालेको योजना

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको माग गरेर संसद सचिवालयलाई पत्र पठाएको छ ।

कांग्रेसको पत्रले विशेष गरेर नेकपा (एमाले)लाई तनाव भएको छ । कांग्रेसको रणनीतिबाट एमालेलाई सबैभन्दा धेरै तनाब भएको छ ।

संसद सचिवालयमा एमालेको पकड छ । एमाले निकटका कर्मचारी धेरै छन् । महासचिव भरतराज गौतम, सचिव राजेन्द्र फुयाँलसहितका कर्मचारी एमाले निकटका हुन् । उनीहरूले भोलिका दिनमा कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिका दिएनन् भने कुनै आश्र्यको विषय होइन ।

सभामुख एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरे सर्वसम्मत हुन सकेनन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका ‘एस म्यान’का रुपमा चिनिएका घिमिरेले भोलिका दिनमा कांग्रेसलाई प्रमुख विपक्षी दलको सुविधा दिएनन् भने कुनै आश्चर्यको विषय हुने छैन ।

एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले ४८ घण्टा अगाडि नेमकिपाकाका अध्यक्ष नारायणमान विजुक्छेलाई भक्तपुरस्थित निवासमै पुगेर भेट गरेकी छिन् । भण्डारीले विजुक्छेको घरमा पुगेर भेट गरेपछि माइत आएको जस्तो अनुभव भएको भनेर प्रतिक्रिया दिएकी छिन् ।

कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि सत्ता गुमाउनु पुगेको छ । कम्युनिस्टहरू मिलेर सत्ताका लागि कांग्रेसलाई बाहिर राखेका छन् ।

कांग्रेस सत्ताभन्दा बाहिर रहे पनि संविधानको रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको छ । कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कुरा एमालेलाई मन परेको छैन ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कांग्रेसविरुद्ध हमला शुरु गरेका छन् ।

ओलीको हमला शुरु भएकै बेला एमाले निकटका मिडिया र संसद सचिवालयका कर्मचारीहरूले कांग्रेसविरुद्ध हर्कत गरिरहेका छन् । उनीहरूले एकसिटे नेमकिपालाई प्रमुख प्रतिपक्षको अधिकार दिनुपर्ने भनेर लबिङ गरिरहेका छन् । राजनीतिक विषयलाई एमालेका हनुमानहरूले आफू अनुकूलको ब्याख्या गरेर हैरान बनाएका छन् ।

कांग्रेसले संविधानको रक्षाका लागि गरेको योगदानलाई एमालेले गलत रुपमा ब्याख्या गरेको छ ।

संसद सचिवायमा कांग्रेसले आफ्नो अधिकार माग्दा एमालेका समर्थकलाई चिन्ता र टाउको दुखाइ बनेको छ ।

कांग्रेसलाई सकेसम्म संसदभन्दा बाहिर राख्न खोजिएको छ । एमालेले कांग्रेसलाई संसदबाट लात हानेर सडकमा पुर्‍याउने हर्कत गरिरहेको छ ।

ओलीका भक्त सभामुख घिमिरेले कांग्रेसलाई सडकमा पुर्‍याए भने कुनै अनौठो विषय हुने छैन ।

संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले उठाएको जोखिमलाई एमालेले तनाबका रुपमा लिएको छ । यो निकै दुखद् विषय बनेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवामाथि एमाले र कम्युनिस्टहरूले निकै प्रहार गरिरहेका छन् । देउवा अहिले पनि कम्युनिस्टका लागि समस्या बनेर बसेका छन् । एमाले र कम्युनिस्टहरू देउवासँग निकै डराएका छन् ।

कांग्रेस सभापति देउवालाई कमजोर बनाउँदा मात्रै आफ्नो उद्देश्य पूरा हुने विश्वास एमालेको छ । सोही कारण एमालेको सबै शक्ति सभापति देउवालाई कमजोर बनाउन लागेको छ ।

एमाले र ओली सभापति देउवासँग मात्रै डराउँछन् । एमाले अरुसँग डराउँदैन । सोही कारण कांग्रेस र देउवालाई कमजोर बनाउने अभियानमा एमाले छ । त्यो अभियानलाई कांग्रेसको एउटा समूहले सहयोग गरिहेको छ ।

महामन्त्री गगन थापा र नेता शेखर कोइराला कांग्रेसलाई कमजोर बनाउन लागेका छन् । गगन र शेखरले देउवालाई कमजोर बनाउने बहानामा एमाले र ओलीलाई बलियो बनाइरहेका छन् ।

Published : Sunday, 2023 January 22, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया