६ बैंक र ४ फाइनन्सहरूलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गका विकास बैंकहरू र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र प्रोग्रेशिभ फाइनन्स लिमिटेडलाई कारबाही गरेको हो ।

यी फाइनन्सहरूलाई नेपाल राष्ट्र बैंकले हर्जाना भर्न लगाएर कारबाही गरेको छ ।

फाइनन्सहरूले तोकिए अनुसारको सीडी रेसियो कायम गर्न नसक्दा केन्द्रीय बैंकले नगद कारबाही गरेको छ ।

उता, कारबाहीमा पर्ने बैंकहरूमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, कर्पोरेट डभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नारायण डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, सालपा विकास बैंक लिमिटेड रहेका छन् ।

कर्णाली डेभलपमेन्ट बैंकले विपन्न वर्ग कर्जा परिचालनमा अनुपालन प्रयोग नगरेको भन्दै जरिवाना तिराइएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक धेरै पटक नियम उल्लंघन गर्नेमा परेको छ ।

अरु बैंकलाई सीडी रेसियो कायम नगेको भन्दै साउन र भदौमा गरी दुई पटक राष्ट्र बैंकले जरिबाना तिराएको छ ।

Published : Wednesday, 2023 January 18, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया