‘कुत्ते’ फिल्मको पोस्टर बबाल राम्रो, युवतीले दिइन उजुरी

मुम्बई । बलिउड नायक अर्जुन कपूर र नायिका तब्बु अभिनित फिल्म ‘कुत्ते’ प्रदर्शन हुनुअघि विवादमा परेको छ ।

फिल्मको विरोध गर्दै एक प्रहरी अधिकारीकी छोरीले जोधपुर उच्च अदालतलमा मुद्दा दर्ता गराएका छन् । सोही मुद्दाको सुनुवाई यहि जनवरी १२ मा हुने भएको छ ।

फिल्मको पोस्टरमा देखाइएको तस्बिरमा प्रहरी पोशाकमा देखाइएको छ । अनुहारमा भने कुकुरहरूको पोस्टर टाँसिएको छ । निवेदनमा फिल्मको शीर्षक र पोस्टर परिवर्तन नगरे प्रदर्शनीमा रोक लगाउन माग गरिएको छ ।

यो कुकुरको तस्बिरलाई प्रहरीको पोशाकमा देखाइएको भन्दै एक प्रहरी अधिकारकी छोरीले आपत्ति जनाएकी छिन् ।

प्रस्तुत ट्रेलरमा यो फिल्मको कथा प्रहरी विभागसँग आधारित रहेकाले पनि फिल्मको नाम परिर्वतन गर्नुपर्ने उनले माग गरेकी छिन् ।

फिल्म निर्माता विशाल भारद्वाजका छोरा आस्मान भारद्वाजले ‘कुत्ते’ फिल्मको निर्माण गरेका हुन् । फिल्मलाई जनवरी १३ मा प्रदर्शन गरिने जनाइएको छ ।

Published : Wednesday, 2023 January 11, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया