नयाँ प्रेमीसँग डेटिङमा पूर्व बैंकर रविना, नायिका बुहारीसँग बबाल डान्स

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठ आजकाल नयाँ प्रेमीका साथ डेटिङमा छिन् ।

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जागिर छाडेर रविना प्रेमीसँग रमाइलो गर्न थालेकी हुन् । करीव १३ वर्षको बैंकको जागिर छाडेर उनी अवकासमा गएकी हुन् ।

पूर्व बैंकर रविनाले आफ्ना प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग रमाइलो गरेका तस्वीरहरू सामाजिक सञ्जालमा राखेकी छिन् । प्रेमीसँग विभिन्न पोजमा लिइएका रविनाका तस्वीरले सामाजिक सञ्जालमा हँगामा मच्चाएका छन् ।

अभिनेत्री बुहारी प्रियंका कार्कीसँगको ‘सेक्सी डान्स’को भिडियो पनि रविनाले फेसबुकमा राखेकी छिन् । भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पूर्व बैंकर रविनाका प्रेमी विदेशी नागरिक हुन् । उनीहरू पछिल्लो समय घम्नका लागि अष्ट्रेलिया पुगेका छन् ।

रविना सेलेब्रेटी बैंकरका रूपमा परिचित छिन् । रविना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन् ।

रविनाले केही दिन अगाडि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘साथीहरू ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु ।’

‘यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ’, रविनाले भनेकी छिन्, ‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ ।’

‘उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ’, रविनाले भनेकी छिन्, ‘म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु‘।’

रविनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको ईन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर आइ लभ यु पनि भनेकी थिइन् ।

रविनाको पोस्टमा स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले पनि आइ लभ यु टू लेखेका छन् । रविनाले आफ्ना प्रेमीलाई चिनाउन पाउन खुसी लागेको बताएकी छिन् ।

रविनाले सबैले आफूलाई शुभकामना दिनुहुनेछ भन्ने आशा रहेको पनि बताएकी छिन् ।

छोराहरू आशीरमान र आयुष्मान, बुहारी प्रियंका, बैंकर अनिल केशरी शाह, कलाकार परिमिता राणा लगायतले मायाको इमोजी राख्दै कमेन्ट गरेका छन् । (तस्वीर फेसबुकबाट साभार)

Published : Tuesday, 2023 January 10, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया