यी हुन ठमेलमा युवती मिलाइदिने गिरोह

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालय, मीनभवनले काठमाडौंको ठमेलबाट ६ जनलाई पक्राउ गरेको छ ।

ठमेलका डान्सबार, क्लवमा छिराइदिने तथा यौनजन्य कार्यका लागि केटी मिलाइदिने भनि सर्वसाधारणलाई दुःख दिने ६ जनालाई पुस २२ गते पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भई कीर्तिपुर बस्ने ४२ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी गाउँपालिका– ८ घर भई हाल कपन बस्ने २२ वर्षीय शिवेष थापा, नुवाकोटको पन्चकन्या गाउँपालिका– ४ घर भई हाल फुटुङ नागपोखरी बस्ने ३१ वर्षीय दीपेश तामाङ रहेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका– ६ शान्तिपथका २२ वर्षीय कृष्ण तामाङ, सिन्धुलीको दुधौली नगरपालिका– १० घर भई ठमेल बस्ने २८ वर्षीय अर्जुन कटुवाल र बैतडीको पुरचौडी नगरपालिका– ७ घर भई हाल क्षेत्रपाटी बस्ने २५ वर्षीय यज्ञराज जोशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2023 January 8, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया