सीजीनेटको पोस्टपेड ईन्टरनेट सेवा, कति महँगो छ ?

काठमाडौं । ग्राहकहरूलाई सबैभन्दाकिफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदानगर्दै आएको ईन्टरनेट सेवाप्रदायक, सीजीनेटले नेपालकै पहिलो पोस्टपेड ईन्टरनेट सेवा सार्वजनिक गरेको छ ।

सीजीनेटले रू. १०४९ मा २५० एमबीपीएस ईन्टरनेट र रू.११५४ प्रतिमहिनामा २५० एमबीपीएस र आईपीटीभी प्रदान गर्ने जनाएको छ ।

कम मूल्यमा उच्च गतिको ईन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।

ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सीजीनेटले नयाँपोस्टपेड योजना ल्याएको हो । “पहिले सेवापछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरेपछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।

यो नियमितप्रिपेड प्लानहरूभन्दा सस्तो छ । जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधाप्रदान गर्छ ।

फिर्ता गरिने गरि रू. २,५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

ईन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सीजीनेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहितपोस्टपेड योजना ल्याएको छ ।

यस योजनाको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरू प्रदान गर्नुका साथै सहज र स्वतन्त्रताका साथ ईन्टरनेट प्रदान गर्नु हो ।

नेपाली ईन्टरनेट उद्योगको भुक्तानी नीतिप्रति जनताको धारणा परिवर्तन गर्न सीजीनेटको यो नयाँ दृष्टिकोण अत्यन्त आशाजनक छ ।

Published : Sunday, 2023 January 8, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया