चर्चित नायक विजयले पत्नी छाड्न लागे

मुम्बई । भारतीय फिल्मका नायक थालापथी विजयले पत्नी संगीतासँग सम्बन्ध विच्छेद गर्न लागेका छन् ।

विजयीले २३ वर्षपछि संगीतासँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका हुन् । २३ वर्षपछि विजय र संगीताले अलग हुने निर्णय गरेका छन् ।

विजय आगामी फिल्म ‘वारिसु’लाई लिएर चर्चामा छन् । विजयको व्यक्तिगत जीवनलाई लिएर सामाजिक सञ्जालमा पनि निकै हलचल भइरहेको छ ।

सम्बन्ध विच्छेदको कुराले विजय ‘वारिसु’को ट्रेलर लञ्च कार्यक्रममा पनि देखिएनन् । सम्बन्ध विच्छेदका बारेमा उनीहरूले अहिलेसम्म आफ्नो तर्फबाट केही भनेका छैनन् ।

२५ अगस्ट १९९९ मा उनीहरूको प्रेम विवाह भएको थियो । दुवैले त्यस बेला हिन्दू र क्रिस्चियन दुवै धर्म अनुसार विवाह गरेका थिए ।

सन् २००० मा उनीहरूको पहिलो सन्तानका रूपमा छोरा जन्मिएको थियो । सन् २००५ मा दोस्रो सन्तानका रूपमा छोरीको जन्मिएको थियो । एजेन्सी

Published : Saturday, 2023 January 7, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया