कांग्रेसलाई ठूलो र शक्तिशाली बनाएका देउवाले बोलाए बैठक, क-कसको भाग्य खुल्ने ?

काठमाडौं । नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाएका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने जानकारी गराएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ मंसिर २४ गते शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

सभापति देउवाको नेतृत्वमा अहँकारले भरिपूर्ण पार्टी एमालेलाई साईजमा राखेर कांग्रेसलाई शक्तिशाली र ठूलो दल बनाएका छन् ।

समानुपातिक सांसदमा क–कसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएको बुझिएको छ ।

Published : Thursday, 2022 December 8, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया