समानुपातिकमा कांग्रेसले कति पायो ? अरु दलले कति पाए ? प्रदेशमा कसको कति ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको सबै संख्या सार्वजनिक गरेको छ ।

बुधबार राति आयोगले विज्ञप्ति जारी गरेर समानुपातिकतर्फको सिट संख्या पनि राजनीतिक दलहरूलाई तोकिदिएको छ ।

प्रतिनिधि सभातर्फ एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मतसहित ३०.९१ प्रतिशत प्राप्त गरेर लोकप्रिय दल बनेको छ । एमालेले समानुपतिकमा ३४ सिट संख्या पाएको छ ।

नेपाली कांग्रेस २७ लाख १५ हजार २ सय २५ मतसहित २९.०९ प्रतिशत पाएर दोस्रो लोकप्रिय दल बनेको छ । कांग्रेसले ३२ सिट संख्या पाएको छ ।

कांग्रेसले २८ जना महिलालाई समानुपातिक सांसद बनाउनुपर्छ । कांग्रेसबाट ४ जना पुरुष मात्रै सांसद बन्न पाउनेछन् ।

माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ मतसहित तेस्रो लोकप्रिय दल बनेको छ । माओवादीले १२.७३ प्रतिशत मत पाएको छ । माओवादीले समानुपातिकमा १४ सिट संख्या पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ अर्थात ११.८२ प्रतिशत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ वटा सिट पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८८८४९ अर्थात ६.३६ प्रतिशत मतका साथ ७ वटा सिट संख्या पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले ४२१३१४ अर्थात ४.५५ प्रतिशतसहित ५ सिट र जनमत पार्टीले ३९४६५५ मत अर्थात ४.५५ प्रतिशतसहित ५ सिट पाएको छ ।

नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेमकिपा, राप्रपा नेपालसहितका दलले ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसकेपछि राष्ट्रिय दल हुनबाट बन्चित भएका छन् ।

प्रदेश सभातर्फ प्रदेश नं. १ मा समानुपातिकमा एमालेले १५, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जसपाले १ र नेकपा (एकीकृत समाजवादी)ले १ सिट पाएका छन् ।

मधेश प्रदेशमा कांग्रेसले ९, एमालेले ८, जनमत पार्टीले ७, जसपाले ७, माओवादीले ४, नेकपा (एकीकृत समाजवादी)ले ३, लोसपाले २, राप्रपाले १, नेपाल संघीय समाजवादी पार्टीले १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट पाएको छ ।

बागमतीमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेकपा (एकीकृत समाजवादी)ले २, नेमकिपाले २ र हाम्रो नेपाली पार्टीले १ सिट पाएका छन् ।

गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, राप्रपाले २ सिट पाएका छन् ।

गण्डकीमा नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले थ्रेस होल्ड कटाउन सकेका छैनन् ।

लुम्बिनी प्रदेशमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपाले २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले २, जसपाले १, नेकपा (एकीकृत समाजवादी)ले १, लोसपाले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् ।

कर्णाली प्रदेशमा एमालेले ५, कांग्रेसले ५, माओवादीले ४, नेकपा (एस)ले १, राप्रपाले १ सिट पाएका छन् । नेमकिपाले थ्रेस होल्ड कटाउन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा एमालेले ७, कांग्रेसले ७, माओवादीले ३, नागरिक उन्मुक्ति पार्टीले २, राप्रपाले १ र नेकपा (एस)ले १ सिट पाएका छन् ।

Published : Wednesday, 2022 December 7, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया