बसन्तपुरको होटेलमा किशोरीसँग मियाँको चर्तिकला

काठमाडौं । प्रहरीले बलत्कारको अभियोगमा तेह्रथुमबाट एक जनालाई पक्राउ गरेको छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार ३० वर्षीय तजमुल ईस्लाम मियाँलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

मियाँको स्थायी ठेगाना सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीमा रहेको छ ।

तजमुलले ती किशोरीलाई मंसिर १६ गते राति लालिगुराँस नगरपालिका–२ बसन्तपुरस्थित होटेलमा जबरजस्ती करणी गरेको आरोप छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले मियाँलाई सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2022 December 7, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया