न्यायाधीश नै महिलापीडित बने, ‘कान्छी’ले बलात्कारको आरोप लगाइन्

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ ।

आरोप लागेपछि प्रहरीले गिरीमाथि अनुसन्धान थालेको छ ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् ।

कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा उजुरी दिएकी थिइन् ।

दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा न्यायाधीश गिरीविरुद्ध छानबिन भइरहेको बताएका छन् ।

प्रहरीले न्यायपरिषदसँगको समन्वयमा छानबिन अघि बढाएको छ ।

न्यायाधीश गिरीमाथि एक महिलाले आफूलाई पछिल्लो ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको भन्दै आयोगमा उजुरी दिएकी छिन् ।

करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको न्यायाधीश गिरीमाथि आरोप रहेको छ ।

न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन् ।

आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल ईजलासबाट १५ दिन विदा लिएका छन् ।

स्रोतका अनुसार ती महिला र न्यायाधीश गिरी रिलेशनमा रहेका थिए । जेठी पत्नीको स्वीकृतिमा गिरीले ती महिलालाई कान्छी पत्नीको रुपमा राखेको आरोप छ ।

तनाबमा रहेकी ती महिलाले न्यायाधीश गिरीविरुद्ध बलात्कारको आरोपमा उजुरी दिएर दुःख दिएकी छिन् ।

ती महिला कानून सेवामा कार्यरत छिन् । गिरीले सुर्खेत, बाँके हुँदै कपिलवस्तुमा ती महिलाको सरुवा गरेर सँगै ल्याएका थिए ।

Published : Tuesday, 2022 December 6, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया