यी हुन् उषाका दोषी महिलाहरू, यस्तो थियो हत्याको कारण

काठमाडौं । सुनसरीमा प्रहरीले ४२ वर्षीय उषा राईको हत्यामा संलग्न चार जना महिलाहरूलाई पक्राउ गरेको छ ।

मंगलबार ईलाका प्रहरी कार्यालय, धरानले धरान उप–महानगरपालिका–१३ की एकल महिला उषाको हत्यामा संलग्न ४ जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मुख्य आरोपी धरान– १३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान– १७ की २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बु सुब्बा रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् ।

मुख्य आरोपी उर्मिलाले आफ्ना श्रीमान गोविन्द्र राईसँगै उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समूहका सदस्यहरूलाई बोलाएर कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते उषाको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको छ ।

उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, नीरकुमारी गुरुङ, मीना राई लगायतका नाममा किटानी जाहेरी दिएको छ । उनीहरू फरार छन् ।

डीएसपी श्रेष्ठले अन्य अभियुक्तहरूको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएका छन् ।

उषालाई कुटपिट भएको भिडियो क्लिप फेला परेकाले हत्यामा संलग्न सबैको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2022 December 6, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया