‘प्रेम गीत ३’ का निर्माताविरुद्धको उजुरी खारेज

काठमाडौं । निर्माता एवम् निर्देशक सन्तोष सेनविरुद्ध परेको ठगीको उजुरी खारेज भएको छ ।

सेन चलचित्र ‘प्रेम गीत ३’ का निर्माता र निर्देशक दुबै हुन् ।

सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ करोड ठगीको उजुरी दिएका थिए ।

राईले सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउँदै मंसिर ११ गते उजुरी दिएपछि तरंग उत्पन्न भएको थियो ।

शुक्रबार चलचित्र निर्माता संघले बोलाएको छलफलमा राई उपस्थित नभएपछि उजुरी खारेज भएको छ ।

राईले सेनबाट रकम फिर्ताको माग गर्दै निवेदनको साथमा बुझाएको कागजातको सक्कलप्रति पेश गर्न नसकेको संघले जनाएको छ ।

छलफलका लागि बोलाउँदा समेत उजुरीकर्ता राई उपस्थित भएनन् ।

उजुरीको निवेदन पुष्टि हुने कुनै पनि आधार नदेखिएको भन्दै निर्माता संघले राईले दिएको निवेदन खारेज गरिदिएको छ ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राईटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।

Published : Sunday, 2022 December 4, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया