ठूलीभेरीको जंगलमा रानीसँग कुमारले काण्ड गरेपछि पक्राउ

ठूलीभेरी । डोल्पा जिल्लामा १४ वर्षीया किशोरी रानी कुमारी (नाम परिवर्तन)लाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रानीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठूलीभेरी नगरपालिका–५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बुढाले रानीलाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2022 December 4, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया